तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी विजयी

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

धनगढी रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन अञ्जन विष्ट र विमल रानाले एक एक गोल गरे । दिल्लीका लागि कृष्णले एक गोल फर्काए ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती यूथ क्लब, न्यूरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button