तपाईँ सुन्दै हुनुहुन्छः

स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गर्न माग

काठमाडौँ । नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ । 

स्काउट बचाउ अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो ।

काठमाडौँ । पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सह प्रमुख पुष्पलता भट्टराईले वर्तमान तदर्थ कार्यसमितिले स्काउटको मूल्य र मान्यता विपरीत काम गरेको आरोप लगाउनुभयो । 

“स्काउटको मूल्य, मान्यता र तालिमको मर्म विपरीत राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्तालाई मात्र तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको देखिँदैन,”– उहाँले भन्नुभयो ।

स्काउटको केन्द्रीय कार्यालयलाई राजनीतिकको भर्तीकेन्द्र बनाइएको र नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरिएकामा आपत्ति समेत जनाएको थियो ।  रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button