तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका महिलाले प्रजनन अङ्गको क्यान्सर उपचार गर्न  ५० हजार पाउने

पोखरा । गण्डकी प्रदेश सरकारले महिलाको प्रजनन अङ्गको क्यान्सर उपचार गर्न आर्थिक रकम सहयोग गर्ने भएको छ । प्रदेश सरकारले महिलाको प्रजनन अङ्गको क्यान्सर उपचार गर्न  ५० हजार दिने भएको हो । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीबीच बुधवार भएको निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौता अनुसार अब देखि गण्डकी प्रदेशका महिलाहरूले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा ५० हजार पाउने छन् ।

नेपाल सरकारले पनि प्रजनन अङ्गको क्यान्सर उपचार गर्न एक लाख रुपैयाँ दिने गर्छ । उक्त रकम खर्च गरेर सकेपछि गण्डकी प्रदेश सरकारको तर्फ बाट बिरामी महिलाले थप ५० हजार पाउने छन् । गण्डकी प्रदेशका महिलाहरूले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउने भएका हुन् ।

बिरामी महिलाले उक्त सेवा पाउनको लागि गण्डकी प्रदेशमा भएको प्रमाणित सहितको वडाको सिफारिस ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button