तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गरिएको भन्दै सचिवालयको आपत्ति

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन  खोजिएको भन्दै सो विषय प्रति सभामुखको सचिवालयले आपत्ति जनाएको छ ।

आज सभामुखको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा बोल्दै नबोलेको काल्पनिक विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित भएको समेत विज्ञप्तिमा भनिएको छ ।    

नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार खेदजनक रहेको र उहाँले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ ।

साथै राजनैतिक अभीष्ट पुरा गर्न सिर्जना गरिएको भ्रममा नपर्न सबैमा अनुरोध समेत गरिएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button