तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा एकको  मृत्यु

file photo

दार्चुला । निर्माणाधीन दार्चुला तिङ्कर सडक खण्डमा ट्याक्टर दुर्घटना भएको छ । मङ्गलवार साढे १० बजे व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडक खण्डमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । 

निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डमा निर्माण कार्यमा लागि सञ्चालनमा रहेको से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर खस्दा २३ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button