रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न इरानको आग्रह

तेहरान। मङ्लबार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले रूस–युक्रेन द्वन्द्व अन्त्य हुनुपर्ने बताउनुभएको छ । रूस–यूक्रेन युद्धको कारक अमेरिकी नीति रहेको नेता खामेनीको आधिकारिक वेबसाइटमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाले यूक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर यूक्रेनलाई यस बिन्दुमा ल्याएको उहाँले दावी गर्नुभएको छ । अन्य मुलुकमाथि अस्थिरता सिर्जना गर्ने र अन्य देशहरूका लागि सङ्कट उत्पन्न गर्ने नीति नै यूक्रेन द्वन्द्वको कारण भएको उहाँको भनाइ छ ।
उहाँले साझेदारीका लागि ‘पश्चिमी शक्तिहरूको समर्थन प्रस्ट नहुने’ बताउँदै कुनै पनि संकटको समाधानका लागि यसको जड खोज्नुपर्ने बताउनुभयो ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्