तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा बन्दकर्ताद्धारा गाडीमा आगजनी र तोडफोड

मकवानपुर । हेटौँडामा बन्दको उलङ्घन गरेको भन्दै बन्दकर्ताहरुले गाडीमा आगजनी र तोडफोड गरेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र २ मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित शिवम रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुल्ला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

बन्दकर्ताले हेटौँडा–१५ मा प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजनी गरेका हुन् । तीन जनाको समूहमा मोटरसाइकलमा आएर तोडफोड र आगजनी गरेर फरार भएको भनी चालकले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button