‘सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी’
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि धनगढीका, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रूपान्तरणका लागि सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो ।
मन्त्री आलेले सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिक स्थल खप्तड, बडिमालिका, रामारोसन, सैपाल, शैलेश्वरी, निङ्लासैनी लगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्