‘खानेपानीको समस्या समाधानका लागि तीनै तहका सरकारको संयुक्त जिम्मेवारी’
धनगढी । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त जिम्मेवारी रहेको बताउनुभएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले आज धनगढीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले ‘सर्वसुलभ र शुद्ध खानेपानी वितरण गर्ने राज्यको लक्ष्य अनुरूप तीनै तहको सरकारको संयुक्त जिम्मेवारीलाई मूर्त रूप दिन विधि र प्रक्रिया निर्माणको लागि आयोजना प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले तीन वटै तहको सरकारको संयुक्त लगानीमा पाइलट प्रोजेक्टको रुपमा कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ वटा स्थानीय तह छनोट भएपछि यस क्षेत्रका बासिन्दा शुद्ध खानेपानी सर्वसुलभ रुपमा उपभोग गर्न पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्