महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ७ का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरिएको छ ।
दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले आज एक कार्यक्रममार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गर्नुभयो ।
वडाको सहयोगमा नगर प्रमुख गच्छदारले वडाका ७ जना महिला स्वयंसेविकाहरूलाई साइकल वितरण गर्नुभएको हो ।
सो अवसरमा उहाँले थप जिम्मेवारी थपिएको स्वास्थ्यको क्षेत्रमा आफ्नो भूमिका अझ बढाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा दुहबी नगरपालिका वडा ७ अध्यक्ष विजय चौधरीले कोरोनाको जोखिमका बिचमा महिला स्वयंसेविकाहरूले खेलेको भूमिका सराहनीय रहेको बताउँदै यस कार्यलाई नगरपालिकाले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।
अध्यक्ष चौधरीले उहाँहरूको उचित जायज मागलाई पूरा गर्न दुहबी नगरपालिका वडा ७ पछाडि नहट्ने स्पष्ट समेत पार्दै महिला स्वयंसेविकाहरूको मनोबल उच्च बनाउनका लागि सम्मान स्वरूप साइकल वितरण गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्