तपाईँ सुन्दै हुनुहुन्छः

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भन्नुभएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा  राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँले बताउनुभयो,  “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको  र  कलाकै  माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।”

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतिलाई  चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन  कलाकारले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिनुभयो । 

उहाँले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो ।  कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने  मन्त्री आलेले आश्वासन पनि दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button