श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
सिन्धुपाल्चोक । श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दाउरा चिर्ने विषयमा भएको विवादका कारण जिवनले श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्