रोल्पामा १३ दिनकी सुत्केरी महिला मृत अवस्थामा फेला
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पर्ने रानीमाला निवासी ३० वर्षीया १३ दिनकी सुत्केरी रामसरी खड्का (वली) घर नजिकै रहेको पानीको पोखरीमा मृत अवस्थामा फेला परेकी छन्
प्रहरीका अनुसार मृतक सुत्केरी वली घरदेखि ७ सय मिटर टाढा रहेको २० सेन्टिमिटर गहिराई भएको पानीको पोखरीमा डुबिरहेको अवस्थामा बिहान ५ बजे गाउँलेहरूले फेला पारेका थिए
त्यसपछि घरपरिवार र प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी जुगार र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक जीवराज थापाको कमाण्डमा घटना स्थलमा प्रहरी खटिएर आवश्यक अनुसन्धान गरिरहेको र मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि होलेरी पठाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो








प्रतिक्रिया राख्नुहोस्