तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतका ऊर्जा सचिव स्तरीय बैठक बुधवारदेखि

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठक भोलिदेखि हुने भएको छ ।

विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न भोलिदेखि हुने बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की र भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।

बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ ।

यस्तै, बैठकमा नेपाल र भारतबिच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यु बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button