तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छली भित्र्याइएको १ सय ९० बोरा भारतीय चामल बरामद

बीरगंज । अवैध रुपमा राजस्व छली भारतबाट भित्र्याइएको १ सय ९० बोरा भारतीय चामल पर्सा प्रहरीले रानीघाटबाट नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित योगेन्द्र कलवारको मिलको गोदामबाट प्रहरीले २ लाख ८५ हजार मूल्य बराबरको १ सय ९० बोरा भारतीय चामल नियन्त्रणमा लिई थप कारबाहीको लागि वीरगन्ज भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

भरिया मार्फत १/२ बोरा गरी जम्मा गरेर राजस्व छली गरेको चामल कलवारले विक्री गर्ने गरेको भेटिएपछि कारबाही गरिएको खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button