तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को नामाकरण चाँडै हुन्छ : मन्त्री कार्की

पाँचथर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेशको नामकरणका चाँडै गर्ने बताउनु भयो । 

पाँचथरको सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा प्रदेशको नामाकरणका  लागि सर्वदलीय बैठक बस्ने र चाडै नामाकरण गर्ने प्रष्ट पार्नु भएको छ । 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रदेशको नामाकरणका विषयमा सरकारले छलफल सुरु गरेको छ । सरकार नामाकरणका लागि गम्भीर भएर लागेको छ । फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाइएको छ । नामाकरणका विषयमा एमालेले पनि साथ चाहिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नामाकरण सबैको सरोकारको विषय भएको र सबैले साथ दिनु पर्छ । अघिल्लो सरकारले ३ वर्षसम्म नामाकरणको विषयमा छलफलसमेत नगर्दा नामाकरण गर्न ढिलाइ भयो ।’ 

बहुल समुदाय र नागरिकहरूलाई समेटिने खालको नामकरण हुनुपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button