तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा असिना पानीले २० लाखको क्षति

कास्की ।कास्कीमा आइतबार दिउँसो इतिहासकै बाक्लो र धेरै असिना परेको छ । बाक्लो असिना पानीले हिउँदे तरकारीहरूलाई क्षति पुगेको कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पोखरा उपत्यकाका मालेपाटन ,भलाम , महतगौडा , दोविल्ला वाघमारा क्षेत्रमा असिनाले तरकारीवालीमा नराम्रो सँग क्षति गरेको जानकारी प्राप्त भएको बताउनु भयो ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लुम्म्रे कोलेली र अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा असिना पानीले तरकारी तथा हिउदेबालीमा प्रभाव पारेको बताउनु भयो । ज्ञान केन्द्रको प्रारम्भिक अनुमान अनुसार कास्कीमा २० लाख बढीको हिउँदे खेतीमा क्षति पुगेको बताउनुभयो ।

कास्कीमा यो वर्ष हिउँदमा समयमै पानी परेकाकारण तोरी वाली राम्रो भएको थियो तर कोसा लाग्ने बेलामा असिनाले सखाप पारेको लुम्म्रेका किसान सुवास क्षेत्री बताउनु हुन्छ । ”असिना यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ ।

असिना आउँदा पोखराको सडक घण्टौ अवरुद्ध भएका थिए । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको छ ।पोखरा क्षेत्र चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयले जनाएका छन् । यसरी असिना परेको पहिलो पटक देखेको स्थानीयहरूले बत्ताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button