सहिद तथा घाइतेका परिवार सम्मानित
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका क्षेत्रभित्रका विभिन्न समयमा सहिद भएका परिवार तथा घाइते परिवारलाई समान गरिएको छ ।

७२ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रघुन्नदन चौधरीले जनताको बलिदानी पूर्ण सङ्घर्ष मार्फत जहानियाँ निरङ्कुश राणा शासनको अन्त्य भई लोकतन्त्रको प्रक्रियामा अघि बढेको राष्ट्रिय प्रजातन्त्र दिवसको ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनअधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको फोटोमा फूलमाला अबिर लगाई श्रद्धा सुमन अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा सहिद परिवारलाई जनही १५ तथा घाइते परिवारलाई जनही १० हजार का दरले चेक प्रदान गर्नुका साथै मायाको चिनो तथा दोसल्ला ओढाइ समान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले महत्त्वपूर्ण घडीमा प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवं समावेशी गराउन र सहिदका सपना पूरा गर्नका लागि सबैलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्