राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देशभरमा मनाइँदै छ ।
दिवसका अवसरमा आज, शनिबार र आइतबार विभिन्न सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
सोही अवसरमा आजदेखि तीन दिन घरघरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान कार्यक्रमको आयोजना गरिने छ ।
यस्तै, विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तरक्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्