तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा  किसानलाई पावरटिलर हस्तान्तरण 

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले तरकारी जोनसँग आबद्ध किसानलाई आज पावर टिलर हस्तान्तरण  गरेको छ ।

खेत जोत्न साथै सिचाई तथा ढुवानीका लागी समेत सो पावरटिरल  प्रयोग गर्न सकिने छ । परियोजनाले सञ्चालन गरेको तरकारी जोन कार्यक्रममा आबद्ध  जहदा  गाउँपालिकाका   किसानलाई सो उपकरण  हस्तान्तरण  गरेको हो । 

जहदा गाउँपालिका  वार्ड न ४ कुशवाहा टोलमा एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा  आठ जना किसानलाई  पावर टिलर हस्तान्तरण गरिएको परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो । 

पावर टिलर खरिद गरिएको मूल्यमा ५० प्रतिशत किसानले ५० प्रतिशत परियोजनाले व्यहोरेको छ ।

कृषि यान्त्रीकरणमा जोड दिँदै  सो परियोजनाले अनुदानमा धान काट्ने हारवेस्टर ट्र्याक्टर लगायत ठुला ठुला कृषि उपकरण तथा ढुवानीका लागि सवारी साधन र  सिँचाइका लागी बोडिङ समेत जडान गर्दै आएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेसराज तिम्सिना, जिल्ला समन्वय समितिका प्रमुख नरेशप्रसाद पोखरेल, परियोजना प्रमुख विनोदकुमार मण्डल , जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल तथा उपाध्यक्ष सालोदेवी साहले संयुक्त रुपमा किसानलाई पावर टिलर हस्तान्तरण गर्नुभएको थियो । 

जहदा गाउँपालिकाका हरिहर साह, सियाराम राजवंशी, ताराचन्द्र मण्डल, मनोजकुमार सिंह, हरिनाथ सिंह, राकेश सिंह, पवनकुमार सिंह तथा गणेश राजवसी लगायतका किसानलाई पावर टिलर हस्तान्तरण गरिएको थियो ।  

सो अवसरमा बोल्नुहुँदै उहाँहरूले पावरटिलरको सही सदुपयोग गरेर उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो । 

चालु आर्थिक वर्षदेखि जहदा र कटहरी गाउँपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

पहिले तरकारी ब्लकको रुपमा सञ्चालन हुँदै आएकोमा यो वर्षदेखि परियोजनाले साढे पाँच सय हेक्टर क्षेत्रफलमा तरकारी जोन सञ्चालनमा ल्याएको हो । 

तरकारीको पकेटको रुपमा चिनिने सो पालिकामा  तरकारी जोन सञ्चालनमा आएपछि ४० प्रतिशत थप उत्पादन बढ्ने परियोजना प्रमुख मण्डलले बताउनुभयो । 

तरकारी जोनका अध्यक्ष शिवनाथ सिंहले खेत जोत्न प्रयोग हुने पावर टिलर किसानहरूले पाउनु खुसीको कुरा भएको भन्नुहुँदै परियोजनाको सहयोगका  कारण किसानको जीवन स्तरमा सुधार आउने बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button