कोरोनाको कारण बन्द रहेको भैरवनाथ मन्दिर खुल्यो

पाल्पा । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको भैरवनाथ मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ ।
कोरोना संक्रमण बढेसँगै बन्द गरिएको मन्दिर सङ्क्रमणमा केही कमी आएसँगै दर्शनका लागि खुला गरिएको हो ।
माघको पहिलो सातादेखि बन्द रहेको रिब्दीकोट गाउँपालिका ४ स्थित भैरनस्थान मन्दिरमा कोरोना महामारी कम भएसँगै खुला गरिएको हो ।
हाल सङ्क्रमणमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको आदेशअनुसार मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।
दर्शनार्थीले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्