कार्यव्यवस्था परामर्श समितिको बैठक जारी: एमाले सहभागी भएन

काठमाडौं । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा माओवादीबाट प्रमुख सचेतक देव गुरुङ जयपुरी घर्ती र रेखा शर्मा सहभागी हुनुहुन्छ । बैठकमा कांग्रेसबाट पुष्पा भुसाल, दिलेन्द्र बडू र बालकृष्ण खाण सहभागी हुनुहुन्छ।
यसैगरी लोकतान्त्रिक समाजवादीबाट उमाशंकर अरगरिया र एकीकृत समाजवादीबाट प्रमुख सचेतक जीवनराम श्रेष्ठ बैठकमा सहभागी हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित छन् ।
सत्तारुढ दल माओवादी (केन्द्र)को संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्