जिल्ला स्तरीय ब्याडमिन्टनको उपाधि मेलम्चीको राजन र अभिषेकको जोडीलाई

सिन्धुपाल्चोक । जिल्ला स्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेलम्चीका राजन श्रेष्ठ र अभिषेक गुरुङको जोडीले जितेको छ ।
आज सम्पन्न फाइनलमा खाडी चौरका पूर्ण थापा र अजय तामाङको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रथम हुने टिमले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मेलम्ची स्पोर्ट्स क्लबको आयोजनामा आइतबारबाटबाट सुरु प्रतियोगितामा जिल्लाका १६ टिम सहभागी रहेको क्लबका अध्यक्ष दिपेन्द्र दुलालले जानकारी दिनुभयो ।
त्यस्तै दोस्रो हुने टिमले २० हजार, तेस्रो हुने २ टिम मेलम्चीका किसन दुलाल र कुमार सापकोटा र चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले १० १० हजार प्राप्त गरेका छन् ।
विजेतालाई मेलम्ची नगरप्रमुख डम्बर अर्यालले पुरस्कार वितरण गर्नुभयो । आइतबार जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङले उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्