सभापति देउवाद्वारा घलेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ ।नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्व सभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट शोक वक्तव्य जारी गरी जीतमायाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले स्व घलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
काँग्रेसको नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व. घलेले सक्रिय भूमिका निर्वाह गरेको बताउँदै उहाँको निधनले पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्