तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुका दुई फरक फरक स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

सोलुदूधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लामाको घर क्षेत्रकै लबुचे भीरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका १ स्थित हुँगा दूधकोशी सामुदायिक वनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

छोराको घर जान्छु भनी हिँडेका लामा शनिबार तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर प्रहरीलाई आफन्तले गरेपछि खोजतलास गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

त्यस्तै, लामिछानेको हुँगा दूधकोशी सामुदायिक वनमा घाँस काट्न जाने क्रममा भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button