तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको नेपाल–भारत सीमा नाका तीन दिन बन्द 

दार्चुला ।  दार्चुलाको  जिल्लासँग जोडिएका भारतीय सीमा नाका तीन दिनको लागि बन्द गरिएको छ । 

भारतको उत्तराखण्ड राज्यमा हुने विधान सभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको हो । 

दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका आज बिहानदेखि फागुन २ गतेसम्म बन्द गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलामा भारतीय प्रशासनले यस विषयमा पत्राचार गरेपछि सीमा पुलहरू बन्द गरिएको हो । 

निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिन लागिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button