रेडियो नेपालकर्मी श्रेष्ठसहित ५ जना पत्रकार सम्मानित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई सम्मान गरेको छ ।
मङ्गलवार सम्पन्न गाउँपालिकाको १०औँ गाउँ सभामा जिल्लाका क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा रेडियो नेपालका तनहुँ संवाददाता किरण श्रेष्ठसहित खबरपुञ्जका सह सम्पादक विनोद ढुङ्गाना, इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ, दमौली एक्सप्रेस साप्ताहिकमा कार्यरत सुनिता आचार्य र प्रादेशिक खबर दैनिकमा कार्यरत शिला वाग्ले हुनुहुन्छ ।
पत्रकारिताको माध्यमबाट गाउँपालिकाको प्रबद्र्धनमा योगदान पुर्याएकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।
बन्दीपुरको पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतमा पत्रकारिताका माध्यमबाट सहयोग पुर्याउने जिल्लाका क्रियाशील पत्रकारलाई छनोट गरेर सम्मान गरेको उहाँले बताउनुभयो ।
आफ्नो कार्यकालको अन्तिम अर्थात् १०औँ गाउँ सभा मङ्गलवार समापन गरेको बन्दीपुर गाउँपालिकाले पत्रकारसहित विभिन्न व्यक्ति र सङ्घसंस्था, कृषक समूह, दुग्ध उत्पादक सहकारी, किसान, विद्यालय, सहकारी, खानेपानी उपभोक्ता समिति, सडक उपभोक्ता समितिलाई समेत सम्मान गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्