तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ जिल्ला लिगका विजेता खेलाडी सम्मानित

काठमाडौँ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरले काठमाडौँ जिल्ला लिगका विजेता खेलाडीलाई सम्मान गर्नुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री मानन्धरले विजेता अनुशासित बोइज क्लबका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई सम्मान तथा प्रशंसा पत्रसहित सम्मान गर्नुभएको हो ।

प्रदेश मन्त्री मानन्धरले खेलाडीका लागि खेलकूदको विकासको लागि आवश्यक सामग्रीहरूको खरिदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

खेलाडीहरू राष्ट्रका गहना भएको भन्दै प्रदेश मन्त्री मानन्धरले क्षमता र हौसलाका लागि बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौँ जिल्ला फुटबल सङ्घले २०७८ पौष २९ बाट सुरु गरेको प्रतियोगिता माघ १० मा सानो गौचरणमा सम्पन्न भएको थियो । एबीसीले हालसम्म ११ वटा उपाधिहरू जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button