प्रदेश नं. १ मा मन्त्रिपरिषद् बिस्तार, हेरफेर तथा कार्य विभाजन

विराटनगर । प्रदेश १ सरकारले आज मौजुदा मन्त्रिपरिषद् बिस्तार, हेरफेर तथा कार्य विभाजन गरेको छ ।
जस अनुसार सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु लङवा लिम्बु, कृषिमा झलकबहादुर मगर, वन वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखर चन्द्र थापा नियुक्त हुनुभएको छ ।
त्यसैगरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगी, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा प्रताप प्रकाश हाङगाम तथा, यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र प्रसाद घिमिरे नियुक्त हुनुभएको छ ।
यसबीच, प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख खापुङले मन्त्रीमण्डल विस्तार गरी आजै शपथ ग्रहण गराउनुभएको हो ।
मन्त्रीपरिषद् बिस्तारसँगै अब प्रदेश नं. १ मा मन्त्रीहरूको सङ्ख्या १४ पुगेको छ । गत कार्तिक १६ गते मुख्यमन्त्री राईको नेतृत्वमा एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्