भारतकी चर्चित गायिका लता मंगेशकरकाे निधन

काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।
थुप्रै नेपाली गीतमा पनि स्वर दिनु भएकी लता मङ्गेसकरको मुम्बइमा ९२ बर्षको उमेरमा निधन भएको हो ।
उहाँलाई गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारेखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो ।








प्रतिक्रिया राख्नुहोस्