चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनामा १३२ वन्यजन्तुको उद्धार
चितवन । चालु आर्थिक बर्ष ०७८,०७९को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा १३२ वटा वन्यजन्तुको उद्धार भएको छ । चालु आबको पुससम्ममा प्राकृतिक तथा अन्य विपत्तिबाट उक्त सङ्ख्याका वन्यजन्तुको उद्धार गरिएको हो ।
घाइते भएर, बाटो बिराएर तथा खाडल, पासोमा फसेका विभिन्न संरक्षित वन्यजन्तुको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
त्यस अवधिमा निकुञ्जले उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा बढी अजिङ्गरको उद्धार गरेको छ । कार्यालयका अनुसार ६ महिनामा १०० वटा अजिङ्गरको उद्धार गरिएको थियो ।
यस्तै ४ वटा बाघ, एउटा गैँडा, ४ वटा चित्तल, ६ वटा मगर गोही,एक जरायो र कछुवा पाँच वटा उद्धार भएको थियो । अन्य उद्धार गरिएका वन्यजन्तुहरूमा ६ वटा सर्प, लगुना, नीलगाई, निर बिरालो एक/एक वटा र दुई वटा चिलको उद्धार गरिएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्