तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले जनजीवन प्रभावित 

पाँचथर । शुक्रवारदेखि परेको वर्षात र हिमपातले पाँचथर जिल्लाका विभिन्न स्थानमा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

जिल्लाका उच्च लेकाली भू–भागहरूमा बाक्लो हिमपात परेको मिक्लाजुङ गाउँपालिका वडा नं ८ का टङ्क थापाको भनाई रहेको छ । जिल्लाका अधिकांश अग्ला डाडाँहरुमा समेत बाक्लो हिमपात परेको छ । 

हिमपात पछि अहिले वर्षात रोकिएका कारण जिल्लाका पौवाभञ्जाङ, सिलौटी, साधुटारलगायतका विभिन्न क्षेत्रमा हिउँ खेल्न जाने स्थानीयहरूको बाक्लो सङ्ख्या रहेको सञ्चारकर्मी बिजयबोध लावतीको भनाई रहेको छ । 

यता जिल्ला सदरमुकाम फिदिमलगायतका क्षेत्रमा जाडोका कारण स्थानीयहरू आगो तापेर बसेका छन् । यता केही दिन अघि सन्दकपुर मन्दिरमा भाकल पुरा गर्न हिँडेका  फालेलुङ ५ का  एक युवक हिमपातका कारण बाटोमै  चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button