तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटना हुँदा स्याङ्जामा दुई जनाको मृत्यु

स्याङ्जा  । स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

बिरुवा गाउँपालिका ३ धोवादीस्थित भित्री सडकमा आज बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा जीपमा सवार बिरुवा–३ खालिका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापा रहेका छन् । 

बेलबहादुर जीपका चालक हुन भने भेषबहादुर जीपमा सवार यात्रु हुन् । जीप सडकबाट ५०० मिटर तल खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button