बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित ओमशान्ति टोलबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ६ बजे बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड– ५ का १८ वर्षीय अर्वाज खानलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्