तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सय बढीको मृत्यु

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरू एक हजार ७३३ जनाको मृत्यु भएको छ ।   

जबकि अघिल्लो दिन नयाँ सङ्क्रमितहरूको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।  सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ । 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ । 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button