तपाईँ सुन्दै हुनुहुन्छः

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

file photo

मकवानपुर ।  मकवानपुरमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बुधवार दिउँसो पूर्व–पश्चिम सडक खण्डमा बाराबाट हेटौडातर्फ आउँदै गरेको  ना ६ ख ८४२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल हेटौँडा–१५ मा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार  मकवानपुर बकैया–७ का ३७ वर्षका शिव प्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

मृतक सुवेदीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । 

यस्तै, दुर्घटनामा मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनक प्रसाद दुलाल घाइते हुनुभएको र उहाँको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।  ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button