तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री  निवास बालुवाटारमा आज भएको भेटमा आगामी स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) गठबन्धनलाई मजबुत बनाउने लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी सुर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवालाई मङ्गलवार निर्वाचन आयोगका पदाधिकारीले भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सुझाव दिनुभएको थियो  । 

आयोगका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तय गर्ने बताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button