तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटमा ७४ थान अवैध सालको काठसहित बलेरो जीप प्रहरीको नियन्त्रणमा

तनहुँ । तनहुँको देवघाट गाउँपालिकास्थित घिनटारबाट अवैध सालको काठसहित बलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय देवघाटले गए राति करिब २ः०० बजेतिर देवघाटको घिनटारबाट अवैध सालको काठसहित ना२च  ७३७५नम्बरको बलेरो जीप नियन्त्रणमा लिएको हो ।  

उक्त जीपबाट ७४ थान सालको काठ बरामदसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने जानकारी दिनुभयो । साथै बरामद गरिएको काठ, जीप र चालकलाई सब डिभिजन बन कार्यालय देवघाटलाई बुझाइएको प्रहरीले जनाएको छ । 

यसैगरी, उक्त जीपमा बरामद भएको काठ ४८.९५ क्युफिट रहेको सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवराज ढकालले जानकारी दिनुभयो । 

बरामद काठको मूल्य बजार मूल्य अनुसार करिब चार लाख जति पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button