नारायणी अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु, ११ जनामा संक्रमण पुष्टि
बीरगंज । वीरगंजमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लास्थित निजगढ नगरपालिका वडा नम्बर–३ बागदेवका २२ वर्षीय युवक रहनुभएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि गत माघ १५ गते पिसीआर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको अवस्था गम्भीर भएपछि माघ १६ गते थप उपचारको लागि नारायणी अस्पताल ल्याइएको थियो ।
उहाँको उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायणी सिंहले जानकारी दिनुभयो । मृत हुनुभएका युवाले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको थिएन । युवकको मृत्यु गम्भीर प्रकृतिको कोभिड निमोनियाको कारण भएको डा. सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्