श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ ।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गर्नुभएको हो । उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादुर राउतलाई हस्तान्तरण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्