तपाईँ सुन्दै हुनुहुन्छः

चिनी कारखाना परिसरभित्र युवकको शव फेला

बीरगंज । वीरगन्ज चिनी कारखाना परिसरभित्र एक युवकको शव फेला परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित वीरगन्ज चिनी कारखानाको पानी टङ्कीको तल अन्दाजी २८/२९ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

चिनी कारखानाको उखु अनलोड गर्ने खुला चौरदेखि पश्चिममा रहेको पानी टङ्कीको नजिकै युवकको शव आज बिहान फेला परेको हो । युवकको पहिचान नखुलेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

घटना र शवको प्रकृति हेर्दा हत्या गरेर फाले जस्तो देखिएको र पोस्टमार्टमपछि मात्रै थप जानकारी आउने खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button