तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै आज प्रधानमन्त्री देउवाले नेपालको संविधान २०७२ ले गरेका सबै व्यवस्थाको कार्यान्वयनमा सरकार गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो ।

सूचनाको हक कार्यान्वयनका लागि गठित आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले आयोगको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाहरू संवेदनशील हुनुपर्ने बताउनुभयो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संवैधानिक रुपमा व्यवस्था भएको महत्त्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागि परेको बताउनुभयो । 

आयोगका सचिव भागिरथ पाण्डेयले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button