तपाईँ सुन्दै हुनुहुन्छः

२२ किलो बढी चरेस बरामद

कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा छोडिएको मोटरसाइकल र चरेस बरामद गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–३ बुटाबारीमा यूपी ३१ एपी २२५६ नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको २२ किलो १५० ग्राम लागु औषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोकामा राखिएको उक्त चरेस बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button