तपाईँ सुन्दै हुनुहुन्छः

कोल्हबीमा अज्ञात समूहले गर्‍यो बसमा आगजनी

बारा । बाराको कोल्हबीमा नगरपालिकामा अज्ञात समूहले बसमा आगजनी गरेको छ ।

जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमार गढी गाउँमा अज्ञात समूहले यात्रुवाहक बस जलाएको हो ।

पार्किङ गरी राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रुवाहक बसमा हिजो रातिको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगजनी कसले र किन गरेको अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button