तपाईँ सुन्दै हुनुहुन्छः

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । झापामा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–३ का ४२ वर्षीय मेघेन्द्र विक रहनुभएको छ ।मेचीनगर–३ दुधे गोलाटारमा सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते हुनुभएको थियो  ।

उहाँको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button