राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
स्वकीय सचिव अधिकारीले भेटमा स्थानीय तहको निर्वाचन, कोरोना संक्रमण र त्यसका लागि सरकारले चालेको कदमलगायत समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो । उहाँले यो नियमित भेटघाट भएको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्