पूर्वमन्त्री पोखरेललाई कोरोना संक्रमण

बर्दिबास । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा केही असहजता देखिएपछि बिहीबार बिहान पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उहाँको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा समेत रहनु भएका पोखरेल हाल महोत्तरीको बर्दिबास नगरपालिका–३, गौरीडाँडास्थित आधारशिलामा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।
डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।
यसबीचमा उहाँसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत सचिवालयले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्