बाँकेमा १३२ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना निको

नेपालगञ्ज । बाँकेमा आज १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन जम्मा परीक्षणको ७२.५ प्रतिशत हो । यसमा बाँकेका ८९ जना छन् । बाँकेमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या ९२३ पुगेको छ ।
भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १८२ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।
भेरीमा ९२ नमुना जाँच्दा ५९, मेडिकल कलेजमा ६३ मा ५६ र बागेश्वरी ल्याबमा २७ नमुनामा १७ जनालाई कोरोना पुष्टि भएको छ । आज ७७ जना निको भएका छन् । जिल्ला बाहिरका एक जना सङ्क्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा हाल २९ जना उपचाररत छन् ।








प्रतिक्रिया राख्नुहोस्