तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत शुभकालिका–५ कालिकोटका १६ वर्षीय बालकको आज बिहान र मधुवन नगरपालिका वडा नम्बर ६ बर्दियाका ७१ वर्षीय पुरुषको गएराती कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो ।

यो सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button