तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त रक्षा सचिवलाई जङ्गी अड्डामा सेनाको स्वागत

काठमाडौँ । रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले जङ्गी अड्डामा स्वागत गरेको छ । 

जङ्गी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरूमा प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

साथै, उक्त कार्यक्रम पूर्व उहाँले प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट समेत गर्नु भएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button